अर्थतन्त्रले सर्जरी खोजेको छ, झारफुक गरेर हुँदैन : सांसद वाग्ले



काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अहिलेको अर्थतन्त्रले सर्जरी खोजिरहेको भन्दै झारफुक गरेर नहुने टिप्पणी गरेका छन् ।

संसदमा सोमबार पूर्वबजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले मुलुकको अर्थतन्त्रमा ठूलै परिवर्तन आवश्यक रहेको बताए ।


‘अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै उत्साहित त बनाएको छैन । यो सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा यो झारफुक गरेर हामी उम्कन सक्ने अवस्था अहिले छैन,’ उनले भने ।