काठमाडौँ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं-४ बाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका -६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं-४ बस्ने ४० वर्षीय रश्मी सिग्देल रहेकी छन् । उच्च अदालत पाटनले उनीविरुद्ध २०७९ फागुन २३ गते बैंकिङ कसुर मुद्दामा २६ लाख ९८ हजार ५०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेकी सिग्देललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको हो ।फैसला कार्यन्वयनको लागि आज भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।