संघ र प्रदेशका सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको चियापान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज चियापान समारोह आयोजना गरेका छन् ।

राष्ट्रपति पौडेलले आज बिहान ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा चियापान समारोहको आयोजना गरेका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिए ।


फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हालेका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुगेको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।