शम्भु कँडेलको गीत ‘पैसा खाउ’



काठमाडौँ । गीतकार शम्भु कँडेलको गीत ‘पैसा खाउ’ सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सबैथोक भएकोप्रति व्यंग्य गरिएको छ । गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय छ ।

भिडियोले पनि पैसाका कारण समाजमा देखिएको विकृती देखाउन खोजेको छ। भिडियोका निर्देशक रोजल थापा हुन् । राम केसीको छायाँकन रहेको भिडियोमा विकास ज्ञवाली र ईश्वरबाबुको सम्पादन छ ।