तोशखाना मुद्दामा इमरान खान आज अदालतमा हाजिर हुदै



पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा आज अदालतमा हाजिर हुने भएका छन् । यस मुद्दामा उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । उनलाई १८ मार्चमा अदालतमा उपस्थित हुन भनिएको थियो ।

यो मुद्दाको सुनुवाइ गर्ने ठाउँ पनि परिवर्तन भएको छ । अब सुनुवाई इस्लामाबादको सत्र अदालतको सट्टा न्यायिक कम्प्लेक्समा हुनेछ।


तेहरिक-ए-इन्साफ पार्टीका प्रमुखले आफ्नो सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेका थिए । यसैलाई उद्धृत गर्दै उनले अदालतमा उपस्थित हुन नसक्ने बताए । यसैलाई मध्यनजर गर्दै सुनुवाइको स्थान परिवर्तन गरिएको हो ।

यसैबीच, इमरान खानलाई शुक्रबार लाहोर उच्च अदालतले नौ मुद्दामा सुरक्षात्मक जमानत पनि दिएको छ । इमरान खानका वकिलले अदालतलाई भनेका थिए, ‘यदि उनलाई १५ दिनको समय दिइयो भने उनी सबै मुद्दामा उपस्थित हुने प्रयास गर्नेछन् ।’

इमरान खानले अदालतलाई भने, ‘मेरो चुनावी अभियान प्रभावित भएको छ। यसअघि अरु कुनै नेतासँग यस्तो व्यवहार भएको छैन। तपाईंले (अदालत)ले हामीलाई बचाउनुभयो ।’ अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ । -बीबीसी