कोशी नामाकरणविरुद्ध विराटनगरमा प्रदर्शन : प्रहरीद्वारा १२ राउन्ड हवाईफायर



विराटनगर । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विराटनगरमा मंगलबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा ढुङ्गामुढा भएपछि प्रहरीले हवाइ फायर गरेको छ ।

विराटनगरस्थित पाञ्चालीमा अहिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीविरुद्ध ढुङ्गामुढा हुन थालेपछि १२ राउन्ड हवाईफायर भएको हो । प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।