कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक 



काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको छ


आइतबार बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिन लागेका हुन्।