बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।


केही हप्ताअघि केन्द्रमा राजनीतिक समीकरण बदलिएसँगै बागमतीमा राप्रपाबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीले राजीनामा दिएका थिए । राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।