काठमाडौँ । सेयर बजार मंगलबार बन्द हुने भएको छ ।
ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।
सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ ।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।