सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरी छलफल अघि बढाउनु गलतः सांसद शर्मा



काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरुबीच भइरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुःखद भएको बताएका हुन् ।


उनले राष्ट्रिय सहमतीकै आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताए । जनताले तानातानका लागि नभई सहकार्यका साथ मुलुकलाई अघि बढाउने गरी मत दिएको उल्लेख गर्दै उनले सोही मतको सम्मान गर्दै सहमतीको आधारमा राष्ट्रपति चयन गर्ने काममा एकतावद्ध सबै राजनीतिक दललाई आग्रह गरे ।