क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, को कुन ग्रेडमा ?



काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ वर्गीकरण सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरण गरेको हो ।

मंगलबार र बुधबार पोखरामा भएको क्यानको बोर्ड बैठकबाट पुरुष टिमका १८ र महिला टिमका १२ खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरिएको छ ।


यस्तो छ वर्गीकरण :

पुरुष

ग्रेड ‘ए’ : रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी आशिफ शेख र करण केसी

ग्रेड ‘बी’ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख

ग्रेड ‘सी’ : अविनाश बोहरा, गुलसन झा, कमल सिंह ऐरी, विनोद भण्डारी, अर्जुन साउद, विवेक यादव देव खनाल, ललितनारायण राजवंशी, कुशल मल्ल र सागर ढकाल

महिला

ग्रेड ‘ए’ : रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा

ग्रेड ‘बी’ : अस्मिना कमाचार्य, कविता कुँवर र कजोल श्रेष्ठ

ग्रेड ‘सी’ : कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योती पाण्डे र अप्सरी बेगम