क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा



काठमाडाैँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हो ।

क्यानका बोर्ड सदस्य वीरेन्द्रबहादुर चन्दले उनीमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई गत २३ भदौ २०७९ मा निलम्बन गरेको थियो ।


२० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।