एमाले अध्यक्ष ओली र राजदूत पोलिटबीच भेटवार्ता



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला  पोलिटले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । 

सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ  ।