इटालियन सिरी ‘ए’ : इन्टर र एसी मिलानको जित



इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा मिलानले उडीनेजेलाई ३–१ गोल अन्तरले हराएको हो।


इन्टरको जितमा रोमेरो लुकाकु, हेन्रिख मिखिटार्यन र लाउटरो मार्टिनेजले एक–एक गोलको योगदान गरे भने उडीनेजेका सान्डी लोभ्रिचले एक गोल फर्काएका थिए।

जितसँगै इन्टरले २३ खेलमा ४७ अंक जोडेर दोस्रो स्थानमा छ भने उडीनेजे ३० अंक जोडेर नवौं स्थानमा रहेको छ।

अर्को खेलमा एसी मिलानले मोन्जालाई १–० ले हरायो। जुनियर मेस्सीयासले निर्णायक गोल गरेका हुन्।

यो जीतसँगै मिलान ४४ अंकसहित तेस्रो स्थानमा छ भने मोन्जा २९ अंक जोडेर ११ औं स्थानमा सिमित छ।