सौन्दर्य प्रतियोगिताका सञ्चालक मनोज पाण्डे बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर



काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् ।

मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोगमा दाबी पुग्ने भन्दै फैसला सुनाएको हो । अदालतले पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ ।


उनलाई थप सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकिएको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ ।

एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा पाण्डेले आफूमाथि ६ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । उनी पुर्पक्षका लागि थुनामा छन् ।