सेनापति शर्मा र यूएईका राजदूत अल साम्सीबीच भेटवार्ता



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत अब्दुला बिन जर्वान अल शाम्सीबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार सैनिक मूख्यालयमा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


‘यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।