श्रीलङ्काको वैदेशिक रोजगार ब्युरोद्वारा राज्यकोषमा ८.२ मिलियन अमेरिकी डलर योगदान



श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले सोमबार वैदेशिक रोजगार ब्युरोले गत वर्ष कमाएको तीन अर्ब रूपैयाँ (८.२ मिलियन अमेरिकी डलर) राज्यकोषमा हस्तान्तरण गरेको बताएका छन् ।

उक्त रकम इन्धन, चिकित्सा र अन्य कल्याणकारी बिलमा खर्च गरिने र त्यो रकमबाट १० करोड रूपैयाँ (लगभग दुई लाख ७५ हजार डलर) क्यान्सर अस्पताललाई उपलब्ध गराउने मन्त्रीले बताए ।


वैदेशिक रोजगार ब्युरोले श्रीलङ्काका विदेशी कामदारहरूको दर्ता शुल्कबाट राजस्व उठाउँछ । श्रीलङ्काका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन डलर पठाएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।