टाइगर कप भलिबलमा एपिएफको दोहोरो जित



पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली एपिएफ, नेपाल पुलिस र महिला तर्फ एपिएफ क्लबले जित निकालेका छन् ।

पुरुष तर्फ एपिएफले आयोजकका गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको छ । त्यसै गरी नेपाल पुलिस क्लबले पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा सर्घष पुर्ण जित निकालेको छ । महिला तर्फ एपिएफले होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा हरायो ।


टाईगर ग्रुप नेपाल पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिता माघ १४ गते सम्म सञ्चालन हुनेछ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी प्राप्त गर्ने छन् ।