जुम्लाको खलंगामा भारी हिमपात(फोटोफिचर)



जुम्ला । जुम्लामा बाक्लो हिमपात भएको छ । मंगलबार बिहानदेखि हिमपात भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिएका छन् । उनका अनुसार सदरमुकाम खलंगासहितका स्थानमा हिमपात भएको छ । खलंगामा करिब आधा फिटसम्म हिउँ जमेको छ । हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।
तस्बिरः विजय रावत, रासस