गृहमन्त्री लामिछानेको मुद्धामा बहस सकियो, आदेश आजै आउने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएको छ।

कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले उनीविरुद्ध परेको मुद्धामा सुनुवाइ गरेको हो।


दुवै पक्षका वकिलहरूको बहस सुनेपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुटेका छन्। सुनवाइ सकिएसँगै आजै आदेश जारी गर्ने तयारी छ ।