सूर्य नेपाल गल्फ मंगलबारदेखि



काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरियता बनाएका शीर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् ।

शीर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए।


काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लवको कोर्समा आयोजना हुने तीन दिने प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् ।

यस्तै क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणबाट बाहिरिने गल्फरले नगद ६ हजार पाउनेछन् । मंगलबार पहिलो चरणको खेल तथा बुधवार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । बिहीवार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।