लुम्बिनी । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन् ।
जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य समेत रहनुभएका उनले समावेशिता, सङ्घीयता र धर्मनिपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको जिकिर गरे ।
यसका लागि राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट प्रहार भएको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलले दलित समुदाय मुुद्दा साझा बनाउन नसकेको बताए । “जातीय छुुवाछूतको विषय सबैको साझा समस्या बन्नुुपर्छ”, उनले भने, “यसका लागि दलित र गैरदलित दुुवैले साझा अभियान चलाउनुपर्छ ।”
सञ्चारमाध्यले समाजिक रुपमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिनुुपर्नेमा उनले जोड दिए । उनले जागरण मिडियाले नेपाली सञ्चार क्षेत्रमा समावेशिताको मुद्दालाई अझ सशक्त रुपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।
बुटवल उपमहानगरका नगरप्रमुुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम र त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले सङ्कट भोगिरेहेको बताए । उनले जागरणले समुदायमा सञ्चारमाध्यममार्फत् सचेतना गर्ने काममा महत्वपूर्ण योगदान पुु¥याएको बताए ।