निरन्तर उकालाे लाग्दै सुनकाे मूल्य, कतिमा हुँदै काराेबार ?



काठमाडाैँ । नेपाली बजार बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।


हिजो बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।