काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेलको नाम सिफारिस गरेका छन् ।
पोखरेललाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने कार्यक्रम छ । पोखरेल माओवादीनिकट अधिवक्ता हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान छ । पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको भूमिकामा थिए ।