सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस



काठमाडौँ । नाबालिग बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने छ ।

बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो ।


बिहिबार लामिछानेको तर्फबाट बहस सकिएको छ । उक्त मुद्दामा भोलि सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ । त्यसपछि अदालतले आदेश गर्नेछ ।

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।