“युक्रेनको ऊर्जा आपूर्ति विनाश युद्ध अपराध”



युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण “युद्ध अपराध” भएको टिप्पणि गरिएको छ । जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी-७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका छन् ।

बढ्दो जाडो यामको सम्मुखमा गरिएको ताप र बिजुली आपूर्तिको व्यवस्थित विनाशलाई “भयानक युद्ध अपराध” रूपमा लिएको जर्मनीले जनाएको छ ।