मोरङ-५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित



माेरङ । मोरङ निर्वाचन क्षेत्र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । नेकपा एमालेले जसपासँग गठबन्धन गरेपछि मण्डल स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।

मण्डलले २१ हजार ८२० मत पाए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत पाए । यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत पाए ।