मतान्तर बढाउदै सूर्य थापा, पछ्याउँदै दुर्गा पौडेल



प्युठान । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत प्रप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् ।


उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णप्रसाद पोख्रेलले ११३९ पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका होमबहादुर बुढाथोकी मगरले ५५५ मत पाएका छन् ।