चितवन–२ मा रवि लामिछानेलाई १३ हजार ७५४ मतको अग्रता



चितवन । प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् । ४८ हजार ३२८ मत गणना हुँदा लामिछाने आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा १३ हजार ७५४ मतले अगाडि छन् ।

रवि लामिछानेले २४ हजार २८० मत प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १० हजार ५२६ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५१३ मत प्राप्त गरेका छन् ।