कालिकोटमा माओवादीका महेन्द्रले लिए अग्रता, पछि परे एमालेका नगीन्द्र



कालिकोट । कालिकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन् ।

प्रतिनिधि सभातर्फको १ हजार १२ मतगणना गर्दा पूर्व मुख्यमन्त्री शाहीले ५७५ मत प्राप्त गरेका छन् भने एमाले नेता शाहीले ३२६ मत पाएका छन् ।


यस्तै राप्रपाका राप्रपा धन बहादुर बुढाले ३१, नेमकिपाका खड्ग राज शाही २१, स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल २१ र ३८ मत बदर छन् ।