काठमाडौँ । सगरमाथा क्षेत्रको पाँच हजार मिटर भन्दा माथि हिउँ चितुवा फेला परेको छ । अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्कीले हिउँ चितुवाका तस्बिर अक्टोवर ८ मा खिचेकी थिइन् । पाँच हजार मिटर भन्दा माथि उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् ।
५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले पछ्याएको बताएकी छन् । हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् । फोटोग्राफर कितिया वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।