भारतीय प्रधानमन्त्री मोदीद्वारा महात्मा गान्धी र लाल बहादुर शास्त्रीको योगदानको स्मरण



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रपिता महात्मा गान्धी र पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको जन्म दिवसका अवसरमा उहाँहरूले देशका लागि गरेका योगदानको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

महात्मा गान्धीको १५३ औँ जन्मजयन्तीका अवसरमा उनले श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन्, “यो गान्धी जयन्ती भारतीयका लागि विशेष छ किनभने भारतमा स्वतन्त्रताको अमृत महोत्सव मनाइन्छ । सायद सधैं बापूको आदर्शअनुसार बाँच्न सकिन्छ । म सबैदेशबासीहरूलाई गान्धीजीप्रति श्रद्धाञ्जलि स्वरूप खादी र हस्तकलाका उत्पादनहरू खरिद गर्न पनि आग्रह गर्दछु ।”


सन् १८६९ अक्टोबर २ मा गुजरातको पोरबन्दर शहरमा जन्मेका महात्मा गान्धी अर्थात् मोहनदास करमचन्द गान्धीले अहिंसात्मक प्रतिरोध अपनाएका थिए र बेलायतको औपनिवेशिक शासनविरुद्ध स्वतन्त्रता सङ्ग्राममा अग्रपङ्क्तिमा रहर आन्दोलनको नेतृत्व गरेका थिए । यसले अन्ततः सन् १९४७ मा भारतले आफ्नो स्वतन्त्रता प्राप्त ग¥यो । ‘स्वराज’ (स्वशासन) र ‘अहिंसा’ (अहिंसा) मा उहाँको अटूट विश्वासले उनलाई विश्वभर प्रशंसा दिलायो ।

विश्वभर गान्धीको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ । यस अवसरमा भारत र विश्वभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । आइतबार नै प्रधानमन्त्री मोदीले दिल्लीको प्रधानमन्त्री सङ्ग्रहालयमा शास्त्रीको फोटो ग्यालरीको झलक सार्वजनिक गरेका छन् । मानिसहरूलाई संग्रहालयको भ्रमण गर्न र उनको योगदानबारे जानकारी लिन आग्रह गरेका छन् ।

उनले भने, “लालबहादुर शास्त्रीको सरलता र निर्णायक क्षमताका लागि भारतभरि प्रशंसा गरिन्छ । हाम्रो इतिहासको अत्यन्त महत्वपूर्ण समयमा उहाँको कडा नेतृत्व सधैं स्मरणीय रहनेछ । उहको जन्मजयन्तीमा उहाँप्रति श्रद्धाञ्जलि ।” उनले शास्त्रीको जन्मजयन्तीमा दिल्लीको प्रधानमन्त्री सङ्ग्रहालयमा उहाँको ग्यालरीबाट केही झलकहरूसहितको दृष्यलाई सार्वजनिक गरेका छन् ।

सन् १९०४ मा उत्तर प्रदेशमा जन्मिएका लालबहादुर शास्त्री भारतका दोस्रो प्रधानमन्त्री थिए र उनले सन् १९६४ देखि १९६६ सम्म सेवा गरेका थिए । पाकिस्तानसँग ताशकंद सन्धिमा हस्ताक्षर गरेलगत्तै ११ जनवरी १९६६ मा ६१ वर्षको उमेरमा ताशकंदमा उनको मृत्यु भएको थियो ।