सेयर बजारमा ९.८३ अंकको गिरावट, कारोबार ६५ करोडमा झर्‍यो



काठमाडौँ । सेयर बजार फेरि ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा बन्द भएको छ। बुधबार नेप्से ११ अंकले उकालो लागेको थियो।

बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ । दुई सय २९ वटा कम्पनीको २५ लाख ४२ हजार कित्ता शेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।


सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।