वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि डोजर चलाएको छ ।

अस्पताल अगाडि अनधिकृत रुपमा निर्माण गरिएका टहरामा बिहीबार महानगरले डोजर चलाएको हो । वीर अस्पताल वरिपरिका अधिकांश फार्मेसीका सटर भत्काइएकाे हो । बुधबार महानगरपालिकाले २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो ।


महानगरका अनुसार टहरा भएको क्षेत्रको नक्सामा बगैचा छ । नक्सामा बगैचा तर प्रयोजनमा औषधि पसल सञ्चालनमा आएपछि महानगर एक्सनमा उत्रिएको हो । महानगरले अवैध संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ ।