विवेकशील साझाका नेता ढुंगेल कांग्रेसमा प्रवेश



काठमाडौँ । विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले बिहीबार बिहान पार्टीमा स्वागत गरे ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए । यसअघि बुधबार विवेकशी साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रसहित एक दजर्न केन्द्रीय सदस्य राप्रपामा प्रवेश गरेका थिए ।