मुद्रास्फीति नियन्त्रणका लागि दक्षिण अफ्रिकामा ६.२५ प्रतिशत पु¥याइयो



दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले मुद्रास्फीतिलाई नियन्त्रण गर्न बिहीबार आफ्नो ब्याज दरलाई ६.२५ प्रतिशत पु¥याएको छ । ब्याजदरलाई गत जुलाईमा पनि शुन्य दशमलब ७५ प्रतिशतले वृद्धि गरिएको थियो । यो दर एक दशकयताकै उच्च हो । जुलाईमा मुद्रास्फीति बढेर ७.८ प्रतिशत पुगेको थियो र उक्त मुद्रास्फीति १३ वर्षयताकै उच्च हो ।

दक्षिण अफ्रिकी रिजर्भ बैंकले उच्च मुद्रास्फीति र कमजोर आर्थिक वृद्धिप्रति चिन्ता व्यक्त गरेको छ । “मौद्रिक नीति समितिले पुनः खरीद दर शुन्य दशमलब ७५ अङ्कले बढाएर ६.२५ प्रतिशत प्रतिवर्ष गर्ने निर्णय गरेको छ,” बैंकका गभर्नर लेसेट्जा कागान्यागोले भने । उनले भने, “पुनः खरीद दरको स्तर अहिले महामारी सुरु हुनुभन्दा पहिलेको स्तरको नजिक पुगेको छ । यो लगातार पाँचौं पटकको ब्याजदर वृद्धि हो ।”