भीम रावल भन्छन् : म पार्टीसँग सम्पर्कविहीन छु भन्नु हास्यास्पद



काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले आफू पार्टीको सम्पर्कमा नरहेको भन्ने कुरा हास्यास्पद रहेको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत रावलले आफू पार्टीको सम्पर्कमै रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ । योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हास्यास्पद ।’


केही दिनअघि एमाले सुदूरपश्चिमका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थिए । त्यो टोलीलाई अध्यक्ष ओलीले रावल पार्टीको सम्पर्कमा नरहेको बताएको खबर सार्वजनिक भएको थियो ।