बेलाइती प्रधानमन्त्रीद्वारा विवादास्पद कर कटौतीको वचाउ



बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले बुधबार गत हप्ता घोषणा गरिएको कर कटौतीको वचाउ गरेकी छन् । यद्यपि यसको चारैतिर विवाद देखिएको छ ।

“हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको रूपमा त्यो गर्न तयार छु,” उनले भनिन् । मिनी-बजेट छलफलपछि उनले बीबीसी र रेडियो लीड्स लगायतसँग सो कुरा बताएकी हुन् ।