बालकोटमा एमाले सचिवालय बैठक, उम्मेदवारको टुंगो लगाउने तयारी



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बालकोटमा जारी छ । 

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो तयारी रहेको छ । त्यस्तै लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।


एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही समय ढिला गरी बालकोटमा सुरु भएको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापासहितका सचिवालय सदस्य सहभागी छन् ।