प्रतिनिधि सभाको अन्तिम बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ । नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको कार्यकाल आज राति १२ बजे सकिँदै छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ ।


सोही अनुसार आज दिउँसो एक बजे सुरु हुने अन्तिम बैठकमा राष्ट्रपति भण्डारीबाट प्राप्त पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

त्यस्तै सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको बैठकमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने तयारी छ ।

हेर्नुहोस् कार्यसूचीः