पोखरामा विदेशी पर्यटकलाई स्वागत



पाेखरा । विश्व पर्यटन दिवसको अवसरमा आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौँबाट बुद्ध र यति एयरलाइन्सबाट आएका स्वदेशी एवं विदेशी पर्यटकलाई स्वागत गरिएको हो ।

पोखरा विमानस्थलमा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वागत गरे । उक्त अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पर्यटकको स्वागत गरेका थिए ।