पाकिस्तानमा छ महिनामा दुई हजार भन्दा बढी बाल दुर्व्यवहारका मुद्दा दर्ता



पाकिस्तानमा गत छ महिनामा दुई हजारभन्दा बढी बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन् । यो आँकडाले देशमा बढ्दो बालअधिकार उल्लङ्घन र बालदुर्व्यबहारको गम्भीर अवस्थालाई उजागर गरेको छ।

एक गैर-सरकारी संस्थाको प्रतिवेदन उद्धृत गर्दै पाकिस्तानी अखबार द न्युज इन्टरनेशनलले सार्वजनिक गरेको तथ्याङ्कले गत छ महिनामा केटा र केटी दुवैसँग लगभग दुई हजार २२१ बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन्। बालबालिकामाथि हुने यौन दुर्व्यवहारको तथ्याङ्क विभिन्न ७९ पत्रपत्रिकाबाट सङ्कलन गरिएको थियो ।


द न्युज इन्टरनेशनलले जनाएअनुसार अधिकांश घटनाहरूलाई बलात्कार, यौन दुर्व्यवहार र अपहरणको रूपमा वर्गीकृत गर्न सकिने खालका छन् । न्युज इन्टरनेशनलले लैङ्गिक विभाजनको विश्लेषणलाई उद्धृत गर्दै केटीहरूमा बाल यौन दुर्व्यवहारका घटनाहरू केटाहरूको तुलनामा बढी पाइएको छ।

प्रकाशनले सङ्कलन गरेको तथ्याङ्कअनुसार दुर्व्यवहार भोग्न वाध्य कुल २ हजार २ सय ११ बालबालिकामध्ये १ हजार ४ जना केटा र १ हजार २०७ केटी रहेका छन् । प्रतिवेदनमा झण्डै ८०३ बालबालिका अपहरण भएको र तीमध्ये २९८ केटा र २४३ केटीहरू रहेका थिए । ती मध्ये प्रायः कि त बलात्कृत वा यौन दुर्व्यवहारबाट पीडित भएको र १२८ बालबालिकाको सामूहिक बलात्खरत र अप्राकृतिक मैथुनको शिकार भएको बताइएको छ ।

घटनाहरु मध्ये पञ्जाबमा सबैभन्दा धेरै १,५६४, सिन्धमा र ३३८ इस्लामाबादमा दर्ता भएका छन् । सो प्रतिवेदनमा झण्डै ५२ प्रतिशत घटनाहरू शहरी क्षेत्रबाट र ४८ प्रतिशत ग्रामीण क्षेत्रबाट रिपोर्ट गरिएको थियो। ह्युमन राइट्स वाचले आफ्नो वार्षिक विश्व प्रतिवेदन २०२२ मा पाकिस्तानमा बालबालिकासहित महिलाविरुद्ध व्यापक अधिकार हननका घटनाहरुको उल्लेख गरेको छ जसले विश्व महिला, शान्ति र सुरक्षा सूचकाङ्कमा १७० देशहरूमध्ये १६७ औँ स्थानमा रहेको देखाएको छ।