सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन



काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन बनेको छ । आइतबार बसेको बैठकमा पनि सिट बाँडफाँटमा सहमति नभएपछि बैठक भोलि फेरि बस्ने गरी टुंगिएको हो ।

बैठक भोलि बिहान पुनः बस्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार सोमबार बिहान ८ बजे बस्नेछ ।


सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने उनले बताए । सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो ।