राष्ट्रपतिविरुद्ध सत्तारूढ विद्यार्थी संगठनको प्रदर्शन



काठमाडौँ । दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै सत्ता गठबन्धन दलका विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म उनीहरुले प्रदर्शन गरेका हुन् । संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको उनीहरूले बताएका छन् ।