थप ६३४ जनामा कोरोना पुष्टि, एकको मृत्यु



काठमाडौँ । एकैदिन थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४९४९ नमूना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको हाे ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७५७ र एन्टिजेनबाट २१९२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३४३ र एन्टिजेनबाट २९१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । 

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४२२१ रहेकाे छ ।