महाभियोग प्रस्ताव छिनोफानो गर्नका लागि छलफलमा ल्याइएको होइनः सांसद बस्नेत



काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले महाभियोग प्रस्तावको छिनोफानो गर्नका लागि छलफल गरेको नभई समयसीमा कटाउनका लागि मात्रै छलफल गराइएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै बस्नेनले आगामी मंसिरमा प्रधानन्यायाधीश जबराको कार्यकाल सकिने र महाभियोगको प्रस्ताव विचाराधीन रहेकै अवस्थामा कार्यकाल सकिनेगरी छलफल अगाडि बढाइएको बताएका हुन् ।


उनले सरकारले न्यायालयमा सेटिङ गर्ने गरेको र कार्यपालिकाको मातहतमा न्यायपालिकालाई राख्न खोजेको आरोप लगाए । सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई धज्जी उडाउने खालका गतिविधि गरिरहेको उनको भनाई छ । सांसद बस्नेतले न्यायपालिकालाई निमित्तबाट काम चलाउने गलत नजिर र परम्परा शुरु गरिएको भन्दै आपत्ति जनाए ।