मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति



काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सहमत भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले बैठकमा चुनाव र गठबन्धनका बारेमा छलफल भएको जानकारी दिए । उनले अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने उनले बताए । असार २२ गते चुनावको मिति मंसिर ४ गतेका लागि तोक्न सरकारलाई सुझाव दिएको थियो ।