थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु



काठमाडौँ । थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ५३५१ नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५६८६ पुगेको छ।