काठमाडौं ५ बाट एकीकृत समाजवादीका पराजुली र पोखरेल सिफारिस



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ का लागि दुईजनाको नाम सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कमिटीको बैठकले विद्यार्थी नेता सुदेश पराजुली र कानुन व्यवसायी रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको हो ।

गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेको एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ पाउने नपाउने टुंगो लागेको छैन। यो क्षेत्र समाजवादीले पाए सुदेश र रामप्रसादमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय केन्द्रले गर्ने छ । बैठकले संघमा समानुपातिकतर्फ अष्टनारायण डंगोलको नाम सिफारिस गरेको छ।


प्रदेशसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर ५ (क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटा र समानुपातिकमा सानुमैया सुवेदी सिफारिसमा परेका छन् भने क्षेत्र नम्बर ५ (ख)मा रामकृष्ण सेढाईं, दीपक केसी र बालकृष्ण श्रेष्ठ प्रत्यक्ष निर्वाचनका लागि सिफारिसमा परेका छन् । समानुपातिकमा भने देवराज डंगोल नाम सिफारिस भएको छ।