राष्ट्रपतिद्वारा डा. सुवेदीलाई जापानका लागि राजदूत नियुक्त



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा दुर्गाबहादुर सुवेदीलाई आज जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।